नवौं महाधिवेशनमा युवा संघका २ हजार ३ सय प्रतिनिधि

भक्तपुर न्यूज

२ भदौ २०७४ ६:००

नवौं महाधिवेशनमा युवा संघका २ हजार ३ सय प्रतिनिधि

काठमाडौं, २ भदौ । युवा संघ नेपालको नवौं महाधिवेशनका लागि करिब २ हजार ३ सय प्रतिनिधि छनोट गरिने भएको छ । आगामी असोज २२ देखि २४ गतेसम्म काठमाडौंमा हुन लागेको उक्त महाधिवेशनमा देशभरबाट करिब २ हजार ३ सय प्रतिनिधि छनोट गरिने भएको हो ।
तीन वर्षका लागि हुने महाधिवेशनले प्रत्येक भूगोल, क्षेत्रबाट समावेशी प्रतिनिधित्व हुने गरी प्रतिनिधि छनोट गरी केन्द्रीय नेतृत्वसमेत छनोट गर्नेछ । नयाँ संविधानअनुसार मुलुकमा संगठनलाई अब स्थानीय तह तथा प्रदेश र केन्द्रीय गरी नेता तथा कार्यकर्तालाई जिम्मेवारी दिइनेछ । त्यसका लागि समयसापेक्ष विधान संशोधन गरिने छ ।
‘सुखी नेपाली र समृद्ध नेपाल निर्माणका लागि अबको युवा अभियान’ भन्ने मूलनारा तय गरिएको युवा संघले जानकारी दिएको छ ।
राष्ट्रिय स्वाभिमान र संविधान पूर्ण कार्यान्वयन नै संगठनको मूल कार्यदिशा बनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *