कलेजको सम्पत्ति व्यक्तिलाई वितरण

भक्तपुर न्यूज

१ भदौ २०७४ २:३३

कलेजको सम्पत्ति व्यक्तिलाई वितरण

काठमाडौं, १ भदौ । गैरनाफामूलक संस्थाको रूपमा स्थापित नेपाल इन्जिनियरिङ कलेजको सम्पत्ति व्यक्तिलाई वितरण गर्ने निर्णय भएको छ। संस्थाको कोषमा रहेको करिब १० करोड रुपैयाँ सञ्चालकहरूका नाममा बाँड्ने निर्णय भएको हो।

कलेज स्रोतबाट प्राप्त कागजातमा कलेकोजको खातामा रहेको रकममध्ये सात जना सञ्चालकलाई एक करोड ५० लाख रुपैयाँका दरले बाँड्ने निर्णय गरेको उल्लेख छ। ‘कलेजका संस्थापक सञ्चालकहरू र निजका परिवारले २५ वर्षदेखि गरेको योगदानलाई कदर गर्दै’, निर्णयमा भनिएको छ, ‘सबै सञ्चालकलाई डेढ करोड रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णय भयो,’ केही सञ्चालकहरूले रकम भुक्तानीसमेत पाइसकेका छन्।

सञ्चालक समितिले उक्त रकम आफूले प्रयोगमा ल्याउने गरी गाडी खरिदमा खर्च गर्नसक्ने निर्णय गरेको छ। खरिद भएको गाडीसमेत सम्बन्धित व्यक्तिकै नाममा हुनेछ। सञ्चालक समितिको बैठकले सञ्चालकहरूलाई बाँडिएको रकम सामाजिक संस्थाका नाममा निकाल्न र खर्च गर्नसमेत सक्ने जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *