प्रधानमन्त्री र गृहमन्त्री स्थलगत अवलोकनमा जाँदै

भक्तपुर न्यूज

३० साउन २०७४ ३:५१

प्रधानमन्त्री र गृहमन्त्री स्थलगत अवलोकनमा जाँदै

काठमाडौं, ३० साउन । प्रधानमन्त्री शेर बहादुर देउवा र गृहमन्त्री जनार्दन शर्मा आज मध्य र पुर्बि तराइ क्षेत्रको स्थलगत अवलोकन गर्ने भएका छन् । बढी पीडितका लागि राहत सामाग्रीसहित प्रधानमन्त्री र गृहमन्त्री मध्यान्ह १२ बजे स्थलगत अवलोकनमा निस्कने बताइएको छ ।

बिपद ब्यवस्थापनको दोस्रो चरण , खाधान्न र राहत  बिपद ब्यवस्थापनअन्तर्गत बाढी तथा पहिरो पीडितका लागि राहत सामाग्री वितरण गरिने भएको छ । राहत खाधान्न ड्राइफुड र पानी बोकेर हेटौडाबाट केही बेरमा नेपाली सेनाको हेलिकोप्टर रौतहतको गौर र गरुडा जाँदैछ ।

प्रभावित सबै जिल्लामा पनि प्रभावितलाइ आज बिहानैदेखि सरकारी तथा निजी क्षेत्रका ट्रकमार्फत र जान नसकिने स्थानमा हेलि मार्फत खाधान्न ड्राइफुड र पानी बितरण गरिएको छ । (त्यसको लागि जिप्रशाका झापा, मकवानपुर, बाँके, चितवनले खाधान्न प्याकिङ्ग गरिसकेका छन् । यसका लागि गृह मन्त्रालयले १ करोड ९८ लाख रकम जिल्लामा पठाइसकेको छ ।

खाधान्न, राहत, थप खोज , क्षति मुल्याङकन तथा प्रतक्ष्य अवलोकनका लागि सबै मन्त्रालयका मन्त्री एक टिममा कम्तीमा ३ जना पर्ने गरि ६ वटा टिम प्रभावित क्षेत्रहरुमा जाने भएको हो । । साथमा राहत समाग्री पनि लिएर जानेछन् । खाधान्न प्याकेजिङ आइतबार रातिदेखि जिल्ला प्रशासन काठमाडौंले गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *