१८ जिल्लामा ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन,

भक्तपुर न्यूज

२९ साउन २०७४ १०:१८

१८ जिल्लामा ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन,

काठमाडौं, २९ साउन । सरकारले विशेषज्ञसहितको र्‍यापिड रेस्पोन्स टिम तराईका बाढी प्रभावित १८ जिल्लामा आइतबार पठाएको स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । उक्त टिममा विशेषज्ञ डाक्टरसहित ११ जना चिकित्सकहरु छन् ।

टाइफाइड, आउँ, झाडापखाला जस्ता रोगको महामारी नफैलिओस् भनेर चिकित्सकको टोली बाढीबाट अति प्रभावित जिल्लाहरुमा पठाइएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख भीम आचार्यले बताए । बाढीका कारण मानवीय क्षति थप नहोस् भन्नका लागि क्षेत्रीय निर्देशनालयहरुलाई समेत अलर्ट हुन निर्देशन स्वास्थ्य मन्त्रालयले दिइएको छ ।

स्वास्थ्य मन्त्रालयले सबै स्वास्थ्यकर्मीहरुलाई विदा नबस्न र गोष्ठी सेमिनार जस्ता कार्यक्रम रोकेर बाढी प्रभावित क्षेत्रमा परिचालित हुन निर्देशनसमेत दिएको छ । उनले आइतबारसम्मको अबस्थालाई हेर्दा तत्कालिनआवश्यक पर्ने औषधि पर्याप्त रहेको जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *