महानगरपालिकाको मनोरञ्जन कर घट्दो

भक्तपुर न्यूज

२८ साउन २०७४ १०:११

महानगरपालिकाको मनोरञ्जन कर घट्दो

काठमाडौँ, २८ साउन । काठमाडौँ महानगरपालिकाले गत आव २०७३÷७४ मा मनोरञ्जन करको शीर्षकमा आम्दानी गर्न सकेको छैन् । यो शिर्षकमा आम्दानी तथा असुलीतर्फ शुन्य देखाईएको छ ।  अघिल्लो आवमा आठ हजार असुल गरेको महानगरपाकिलाले यो आर्थिक बर्षमा त्यति पनि असुल गर्न नसकेको हो । मनोरञ्जन व्यवसायीलाई कर तिर्नका लागि पटक पटक ताकेता गर्दा पनि कर तिर्न नआएको कारण यो शर्षिकमा अहिले आम्दानी तथा असुली शुनय रहेको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

यो शिर्षकमा कर असुली नभएपनि अन्य शिर्षकमा महानगरपालिका लक्ष्य अनुसारकै कर संकलन गरेको महानगरपाकिलाको राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिएका छन् ।  महानगरपालिकाले सक्रियता पुर्व काम गरेको अबस्थामा यो शिर्षकमा वार्षिक २५ लाख आम्दानी हुने भएपनि नगरपालिकाको लापरवाहीले यो बर्ष आम्दानी शुनयमा झरेको हो ।  चालु आवदेखि महानगरपालिकाले यस क्षेत्रको बक्यौता पनि असुल गर्ने लक्ष्यसहित कडाइका साथ काम गर्ने लक्ष्य लिएको प्रवक्ता कार्कीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *