अर्काको ४० लाख निकाली हजम गर्ने बैंकका दुई कर्मचारी पक्राउ

भक्तपुर न्यूज

२७ साउन २०७४ ८:२१

अर्काको ४० लाख निकाली हजम गर्ने  बैंकका दुई कर्मचारी पक्राउ

काठमाडौं २७ साउन । नक्कली चेक प्रयोग गरी सेवाग्राहीका रु ४० लाख निकालेर हिनामिना गरेको आरोपमा प्रहरीले महोत्तरी बर्दिवासस्थित राष्ट्रिय वाणिज्य बैंकका दुईजना कर्मचारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राबा बैंक बर्दिवासका वरिष्ठ सहायकद्वय बर्दिवास नपा– ८ का ४८ वर्षीय जगदिश काफ्ले र काभ्रेपलाञ्चोक धुलिखेल नपा– ११ का ३५ वर्षीय अम्बिका पौडेल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ । पक्राउ परेका दुबै जनाले महोत्तरी साँढा– २ घर भई हाल नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय विराटनगरमा कार्यरत इञ्जिनियर श्रीप्रकाश नारायण सिंहको नाउँमा उक्त बैंकमा रहेका बचत खाता नम्बर ८०३९४ बाट नक्कली चेक प्रयोग गरी रु २० लाख झिकेर हिनामिना गरेका छन् ।

दुबैलाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरिएको र उनीहरु माथि बैकिङ्ग कसुर मुद्दा चलाएर आवश्यक अनुसन्धान अगाडि बढाएको तथा थप दोषी कर्मचारीलाई पनि पक्राउ गर्न आवश्यक प्रक्रिया अगाडि बढाइसकिएको प्रहरीले जानकारी दिएको छ । पक्राऊ परेका दुबै जनाले आफूसहित यस कार्यमा अन्य पाँचजना कर्मचारी पनि संलग्न रहेको बयान दिएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *