कृषि बिकासको नाफा २ अर्ब ७७ करोड

भक्तपुर न्यूज

२५ साउन २०७४ ७:२१

कृषि बिकासको नाफा २ अर्ब ७७ करोड

काठमाडौं २५ साउन । गत आव २०७३र७४ मा कृषि बिकास बैंकको नाफा करिब १२ प्रतिशतले बढेर २ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आव २०७२र७३ मा भने बैंकको नाफा २ अर्ब ४६ करोड रहेको थियो । यससँगै अर्बपति क्लबमा अब १३ बैंक पुगेका छन् । बैंकको खुद व्याज आम्दानी १३।४५ प्रतिशतले बढेर ७ अर्ब १० करोड रुपैयाँ पुगेको छ ।

बैंकले फि कमिसनबाट ३३ करोड रुपैयाँ, अन्य सञ्चालनबाट ६१ करोड र बिदेशी मुद्राको कारोबारबाट बैंकले १३ करोड रुपैयाँ आम्दानी गरेको छ । बैंकले यसअघि नोक्सान वापत राखेको ६९ करोड फिर्ता ल्याएको छ । त्यस्तै, यसपटक भने सम्भावित नोक्सान व्यवस्थाको लागि १ अर्ब १८ करोड रुपैयाँ छुट्याएको छ । बैंकको खराब कर्जा २।९७ प्रतिशत रहेको छ भने प्रावधान १ सय ६० प्रतिशत गरेको छ । बैंकको साधारण सेयर वापतको चुक्ता पुँजी ७ अर्ब ८ करोड रहेको छ । अविमोच्य अग्राधिकार सेयर लगायतको आधारमा चुक्ता पुँजी १२ अर्ब ५२ करोड रहेको छ । चुक्ता पुँजी बढेपछि सेयरमा प्रतिफल घटेको छ । यो दर १५।५४ प्रतिशत छ । प्रतिसेयर आम्दानी ३४।५८ रुपैयाँ रहेको छ । बैंकको सञ्चिती ९ अर्ब ८८ करोड रहेको छ ।

बैंकले यसपटकको नाफाबाट सञ्चितमा राख्नुपर्ने २० प्रतिशत बराबरको रकम र सामाजिक दायित्वको लागि छुट्याउनु पर्ने १ प्रतिशत अलग्याउदा साधारण सेयरको आधारमा लगभग ३०।९५ प्रतिशत लाभांश दिन सक्ने अवस्था देखिएको छ । बैंकको निक्षेप संकलन ६ प्रतिशतले बढेर ९२ अर्ब र कर्जा लगानी ११ प्रतिशतले बढेर ८८ अर्ब पुगेको छ । बैंकको सीसीडी रेसीयो ६२।३९ प्रतिशत रहेको उल्लेख छ । कर्जा लगानीको लागि आधार लिइने बेस रेट ११।२७ प्रतिशत रहेको छ । बैंकमा पुँजी पर्याप्तता अनुपात १७।४७ रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २ सय ३४ रुपैयाँ रहेको छ । बैंकको कर्मचारी लागत २८ करोडले बढेको छ भने अन्य सञ्चालन लागत पनि करिब १० करोडले वृद्धि भएको छ । बैंकले ओभर ड्राफ्ट शीर्षकमा ६३ अर्ब ५७ करोड लगानी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *