देशभरका चिकित्सक आन्दोलनमा
काठमाडौं २५ साउन । देशभरका सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरु डा गोविन्द केसीको माग र उनको जीवनप्रति सरकार गम्भीर नभएको भन्दै बुधबारदेखि आन्दोलनमा उत्रिएका छन् । विरोधमा उत्रिएका चिकित्सकहरुले केसीको मागमा दबाब बढाउन बुधबारबाट हातमा कालोपट्टी बाँधेर काम सुरु गरेका हुन् ।
नेपाल चिकित्सक संघ गोदानले केसीको जीवन रक्षाका लागि दबाब बढाउने निर्णय गरेसँगै देशभरका चिकित्सकहरुले दबाब बढाउँदै लगेका छन् । संघले केसीको मागबारे सरकारले मौन रहेको भन्दै कडा संघर्षका कार्यक्रम गर्ने जनाएको छ । संघले माग पूरा नगरेमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने चेतावनीसमेत दिएको छ । चिकित्सा क्षेत्रका विविध विषयको सुधार माग गर्दै केसी ११ औंपटक अनसन बसेको १७ दिन पुगे पनि सरकारले उनको माग सुनुवाइ गरेको छैन ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२५ जेठ २०८२ १७:२७
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२६ जेठ २०८२ ११:४८