पाँच दिनमा २ नम्बर प्रदेशको उम्मेदवार छान्न निर्देशन
काठमाडौं, २५ साउन । नेपाली कांग्रेसले आगामी पाँच दिनभित्र तेस्रो चरणमा हुन लागेको स्थानीय तहअन्तर्गत प्रदेश नम्बर २ को उम्मेदवारको टुंगो लगाउन जिल्ला पार्टीलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बसेको बैठकले साउन २९ गते भित्र निर्णयको प्रतिलिपीसहित उम्मेदवारको नामावली केन्द्रमा पठाउन प्रदेश नं। २ का ८ वटै जिल्ला पार्टी निकायहरुलाई निर्देश गर्ने निर्णय गरेको पार्टी कार्यालका मुख्या सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यस्तै, बैठकले कार्यरत अस्थायी शिक्षकहरुलाई स्थायी गर्नका लागि शिक्षा सेवा आयोगले लिने परीक्षामा सामेल हुन पाउने र आयोगको परिणामपछि पनि गोल्डेन ह्याण्डसेक पाउने व्यवस्था कायम राख्ने निर्णय गरेको छ । यसका लागि तुरुन्त आवश्यक प्रवन्ध मिलाउन सरकारसँंग माग गरेको छ । बैठकमा असोज २ गते हुन लागेको प्रदेश नं। २ को स्थानीय तह तेस्रो चरणको निर्वाचन तथा समसामयिक राजनीतिक विषयवस्तुका सन्दर्भमा छलफल भएको थियो ।
बैठकमा नेता रामचन्द्र पौडेल, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रद्रीय सदस्यहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि निधि, पूर्णबहादुर खड्का, डा। रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर के।सी।, महेश आचार्य, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, डा। नारायण खड्का, मिनेन्द्र रिजाल, प्रकाशशरण महत, फरमूल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडू र एनपी साउँदले धारणा राखेका थिए ।