कर्मचारी पाल्न १ करोड

भक्तपुर न्यूज

२४ साउन २०७४ २:२७

कर्मचारी पाल्न १ करोड

काठमाडौं, २४ साउन । मुलुकमा सार्वजनिक संस्थान निजीकरणको पक्ष र विपक्षमा सँधैजसो बहस हुने गरेको छ । खुला बजार अर्थतन्त्रको वकालत गर्नेहरू नै पछिल्लो समय बन्द भएका सरकारी उद्योगहरू पुनः सञ्चालनको पक्षमा देखिएका छन् ।

स्थापनाकालदेखि नै कहिल्यै व्यावसायिक रूपमा सफल बन्न नसकेको गोरखबाली रबर उद्योग यतिबेला उत्पादन शून्यको अवस्थामा छ र मासिक एक करोड रुपैयाँ यसका कर्मचारी पाल्न राज्यकोषबाट खर्च भइरहेको छ ।
गोरखकाली रबर उद्योग बन्द भएको २ वर्षभन्दा बढी भए पनि त्यहाँ कार्यरत कर्मचारीका लागि मासिक १ करोड रुपैयाँभन्दा धेरै खर्च हुने गरेको छ । स्थापनाकालदेखि नै कहिल्यै पनि पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको यो उद्योगका सबैजसो कर्मचारीले हाजिर गरेकै भरमा तलब पाउँदै आएका छन् ।

सरकारले न उद्योग सञ्चालन गर्नसकेको छ न त भएका कर्मचारीलाई अवकास नै दिनसकेको छ । उद्योगका मेसिनको ह्रासकट्टीलगायतका अन्य नोक्सानबाहेक वार्षिक १२ करोड रुपैयाँभन्दा धेरै त कर्मचारीको तलबमै खर्च हुने गरेको पाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *