नेमकिपाले तोक्यो सातवटै प्रदेशमा संयोजक
भक्तपुर, २३ साउन । नेपाल मजदुर किसान पार्टी नेमकिपाले आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि प्रदेश समितिहरु गठन गरेको छ । साथै संविधान संशोधन तथा प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयक २०७४ मा थ्रेसहोल्डको प्रावधानको विरोध गर्ने निर्णय नेमकिपाले गरेको छ ।
नेमकिपाको २७ औं केन्द्रीय परिषद बैठकले आगामी निर्वाचनका लागि सातवटै प्रदेश समितिको संयोजक पनि तोकेएको छ । प्रदेश नम्बर १ मा नरेन्द्र होमागाइँ, २ मा दिनेश शाह, ३ मा प्रेम सुवाल र ४ नम्बर प्रदेशमा नीरज लिम्बु संयोजकत्वमा प्रदेश समिति गठन भएको नेमकिपाले जनाएको छ ।
यसैगरी ५ नम्बर प्रदेशमा हरिसुन्दर वासी, ६ मा सुनिल प्रजापति र ७ मा बजीरसिंह विकलाई संयोजकको जिम्मेवारी दिइएको छ । सात माघ ०७४ भित्र हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन तथा असोज २ गते हुने प्रदेश नम्बर दुईको स्थानीय चुनाव दुबैलाई क्रान्तिकारी उपयोग गर्ने नेमकिपाले निर्णय गरेको छ ।
‘चुनाव प्रचार(प्रसारमा साम्प्रदायिक तथा विखण्डनवादी विचारविरुद्ध सैद्धान्तिक र राजनीतिक अभियान चालू राख्ने निर्णय भयो,’ २७ औं केन्द्रीय परिषद बैठकपछि जारी भनिएको छ ।