डा. भट्टराईको आज प्रोस्टेटको शल्यक्रिया हुँदै
भक्तपुर, २० साउन । पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईको आज प्रोस्टेट ग्रन्थीको अपरेसन गरिने भएको छ ।
लामो समयदेखि पिसाबसम्बन्धी समस्याले थलिएका भट्टराईको भक्तपुरको गठ्ठाघरस्थित नागरिक अस्पतालमा प्रोस्टेट ग्रन्थीको अपरेशन हुन लागेको उनका सहयोगी विश्वदीप पाण्डेले बताए । डा. राजेश बर्माको टोलीले आज साँझ ४ बजे भट्टराईको अपरेसन गर्ने जनाइएको छ ।
प्रोस्टेट ग्रन्थी सुनिने समस्याले विगत एक वर्षदेखि भट्टराईले औषधि सेवन गरिरहेका थिए । तर औषधिले पनि ग्रन्थी नघटेपछि आज अपरेसन गर्न लागिएका हुन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२५ जेठ २०८२ १७:२७
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२६ जेठ २०८२ ११:४८