लगानी बोर्डको उपाध्यक्षमा अर्थमन्त्री कार्की तोकिए

भक्तपुर न्यूज

२० साउन २०७४ ७:०७

लगानी बोर्डको उपाध्यक्षमा अर्थमन्त्री कार्की तोकिए

काठमाडौ, २० साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई लगानी बोर्डको उपाध्यक्षको जिम्मेवारीसमेत तोकेका छन् ।
प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष समेत रहेका देउवाले लगानी बोर्ड ऐन, २०६८ को दफा ३ बमोजिम अर्थमन्त्री कार्कीलाई उपाध्यक्षको जिम्मेवारी तोकेका हुन् । लगानी बोर्ड ऐनअनुसार प्रधानमन्त्रीले तोकेको व्यक्ति बोर्डको उपाध्यक्ष हुने व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *