डा. केसीको समर्थनमा आजदेखि ओपीडि सेवा बन्द
एजेन्सी, १८ साउन । ११ औं पटक अनसनमा रहेका डा. गोविन्द केसीको मागमा सहमति जनाउँदै आजदेखि आवासीय डाक्टरले ओपिडी सेवा बहिष्कार गरेका छन् । केसीको स्वास्थ्य अवस्था बिग्रिदै गएको छ भने आज दशौं दिनमा पनि सरकारले वार्ता भने जारी राख्ने बताएको छ । त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले आजदेखि पठनपाठनलगायत बहिरंग विभागको उपचार सेवामा सरिक नहुने जनाएका छन् ।
आवासीय चिकित्सकहरुको संगठन नेसनल रेजिडेन्ट डाक्टर्स एशोसिएसले डा. केसीको आमरण अनसनको समर्थनमा सरकारलाई थप दबाब दिन शैक्षिक कार्यक्रमअन्तर्गत पठन पाठनमा सरिक नहुनको साथै बहिरंग विभागअन्तर्गत उपचार सेवामा सरिक नहुने जनाएको हो । शिक्षण अस्पतालमा करिब ३ सय ५० जना आवासीय चिकित्सक छन् ।
चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै डा. केसी अनसनमा बसेको यो ११ औँ पटक हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
८ वैशाख २०८२ १४:०८
राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुला
९ वैशाख २०८२ १३:२२
कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने निर्णय
८ वैशाख २०८२ १४:२४
सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसको ८८ वर्षमा निधन
९ वैशाख २०८२ १७:१०