आज विश्व स्तनपान दिवस मनाइदै
काठमाडौं, १७ साउन । आज अगस्ट १ अर्थात विश्व स्तनपान दिवस देशभर विभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाइदै छ । सबै मिलि स्तनपानलाई दिगो बनाउ भन्ने नाराका साथ सरकारले आजदेखि २५ औं विश्व स्तनपान सप्ताह समेत सुरु गरेको छ ।
सप्ताह अवाधिभर जिल्ला तथा स्थानीय स्तरमा स्तनपान सम्बन्धी विभिन्न चेतनामुलक कार्यक्रम आयोजना गरिने स्वास्थ्य विभागले जनाएको छ । ३४ प्रतिशत आमाले शिशुलाई पूर्ण रुपमा स्तनपान नगराउने भेटिएको स्वास्थ्य विभागले जनाएको छ ।
सन् २०१६ को सरकारी तथ्यांक अनुसार नेपालका ६६ प्रतिशत महिलाले मात्र शिशुलाई पूर्ण रुपमा स्तनपान गराउने गरेको पाइएको छ ।
विश्व स्वास्थ्य संगठन, युनिसेफ तथा स्तनपानको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाको आव्हानमा प्रत्येक बर्ष अगस्ट १ तारिखबाट एकसाता स्तनपान सप्ताह मनाउने गरिन्छ । सन् १९९२ बाट स्तनसम्बन्धी यो सप्ताह मनाउन थालिएको हो ।
सप्ताहमा विश्वभर स्तनपान, यसको तरिका, स्तनपानकालागि बच्चाको उमेर, आमा र बच्चाको जिवनमा स्तनपानको महत्व र यसका फाइदा बारे चेतना जगाउन विविध कार्यक्रम गरीन्छ ।