गोविन्द केसीसँगको वार्ता आज

भक्तपुर न्यूज

१४ साउन २०७४ २:२५

गोविन्द केसीसँगको वार्ता आज

काठमाडौं, १४ साउन । चिकित्सा शिक्षा ऐन संसदबाट पारित हुनुपर्ने माग गर्दै अनसनरत डा गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ताटोलीबीच शुक्रबार भएको विना निश्कर्ष टुंगिएपछि आज शनिवार पुनः वार्ता हुने भएको छ । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको वार्ता सकारात्मक भएको बताउँदै मन्त्रालयले डा केसीका माग संसद र विश्वविद्यालयसँग सम्बन्धित भएकाले सो निकायसँग समेत छलफल गरी आज शनिबार पुनः वार्ता गरिने जनाएको छ ।

डा केसीले अनसन प्रारम्भ गरेपछि सरकारले शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र स्वास्थ्य मन्त्रालयका सचिव सम्मिलित वार्ता टोली बनाएको थियो । सरकारले वार्ता टोली बनाएलगत्तै बिहीबार बेलुका वार्ता टोलीले अनसनरत डा केसीलाई भेट गरी शुक्रबार वार्ता गरेको हो । वार्तामा चिकित्सक केसीका प्रतिनिधिहरुले मागका विषयमा सरकारी वार्तालाई जानकारी गराएका थिए । वार्ता सुरु भएपनि ठोस निष्कर्षमा भने पुग्न नसकेको सरकारी वार्ता टोलीका सदस्य एवम् प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव गोपीनाथ मैनालीले जानकारी दिए ।

चिकित्सक केसीको मागबारे विस्तृत अध्ययण गरी शनिवार पुन वार्ता गर्ने सहमति भएको पनि उनले बताए । शनिवार हुने वार्ताको समय र स्थान भने तोकिएको छैन । चिकित्सा सेवा सुधारको माग गर्दै वरिष्ठ चिकित्सक केसीले ११ औं पटक पनि आमरण अनसन सुरु गरेका हुन् । विहीबार बसेको मन्त्रीपरिषद बैठकले वरिष्ठ चिकित्सक केसीको माग तत्काल माग सम्बोधन गर्ने कार्यादेशसहित शिक्षा मन्त्रालयका सचिव श्रेष्ठ नेतृत्वको वार्ता टोली बनाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *