राजपाको केन्द्रीय कमिटी बैठक साउन तेस्रो साता
काठमाडौं, १४ साउन । राष्ट्रिय जनता पार्टी राजपाको केन्द्रीय कमिटी बैठक आगामी साउन २२ गतेदेखि काठमाडौंमा हुने भएको छ।
राजपाले आगामी बैठकको योजना समेत बनाएको छ। बैठकमा पेश गर्ने राजनीतिक,आर्थिक, सांगठनिक प्रतिवेदनलगायत तयार पार्न विभिन्न समिति बनाउने तयारी भएको एक नेताले सेतोपाटीलाई बताए।
एकै ठाउँमा छलफल गर्दा समय लाग्ने भएकोले २५,२६ जनाको समूह बनाएर छलफल गर्ने राजपाले तयारी गरेको छ। बैठकको सुरूमा अध्यक्ष मण्डलका ६ जनाले बोल्ने र त्यसपछि समूह बनाएर छलफल गर्ने एक नेताले बताए।
छलफल पछि टोली नेताले रिपोर्टिङ गर्ने गरि राजपाले योजना बनाएको छ। राजपामा ८ सय १५ जना केन्द्रीय सदस्य छन् भने १ सय ३४ जना पदाधिकारी छन्। तराई मधेसमा क्रियाशिल ६ पार्टी मिलेर वैशाख ७ गते राजपाको गठन भएको थियो।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२१ वैशाख २०८२ १२:५९