ठग म्यानपावर र दलाललाई तह लगाउन प्रहरीको स्पेशल फोर्स : गृहमन्त्री शर्मा

भक्तपुर न्यूज

१२ साउन २०७४ ११:१४

ठग म्यानपावर र दलाललाई तह लगाउन प्रहरीको स्पेशल फोर्स : गृहमन्त्री शर्मा

काठमाडौं, १२ साउन । गृहमन्त्री जनार्दन शर्माले बैदेशिक रोजगारीमा जाने सिलसिलामा ठगिएका र दुःख पाएका युवा–युवतीहरुको समस्या समाधान गर्न प्रहरीको स्पेशल फोर्स बनाएर परिचालन गर्ने घोषणा गरेका छन् ।
आज संसदको अन्तर्राष्ट्रिय सम्वन्ध तथा श्रम समितिको बैठकमा बोल्दै मन्त्री शर्माले ठगिएका हजारौं उजुरी प्रहरी समक्ष आउने गरेको र ठगिएकाहरुको पैसा फिर्ता नहुँदा धेरै घरबार विहीन भएकाले समस्या समाधान गर्न प्रहरीको छुट्टै ब्युरो गठन गरेर परिचालन गर्नेगरी गृह मन्त्रालयले तयारी गरिरहेको बताए ।
‘उक्त ब्युरोलाई वैदेशीक रोजगारीको सिलसिलामा दुःख पाएका हरुको समस्या समाधान गर्ने जिम्मा दिईने छ’ मन्त्रि शर्माले भने, ‘धेरै नेपाली कामदार भएका देशहरुमा प्रहरीको अफिसर पठाएर समस्या समाधान गर्नेबारे पनि तयारी गरिरहेका छौं ।’
वैदेशीक रोजगारको समस्या समाधान गर्न सरोकारवाला मन्त्रालय, विभाग र मेनपावर कम्पनीहरुको बिचमा समन्वयको अभाव भएको उल्लखे गर्दै उनले भने, ‘अवैध रुपमा विदेशीनेहरुलाई रोकथाम गर्नका लागी अध्यागमनको क्षमता अभिवृद्धि गर्नेतिर पनि गृह मन्त्रालयले तयारी गरिरहेको छ ।’
‘वैदेशीक रोजगारीमा जाने प्रक्रिया जटिल छ, त्यसलाई सहज बनाउन जरुरी छ’ मन्त्री शर्माले भने, ‘हामीले तत्काल वैदेशीक रोजगारीमा जान चाहनेहरुलाई रोक्न नसक्ने हुनाले थप सहज बनाउन सम्बन्धित मन्त्रालयले सोच्नुपर्छ ।’
वैदेशिक रोजगारीमा जान लागेकाहरुलाई सरकारले तालिम र प्रशिक्षण दिन नसकेको उल्लेख गर्दै उनले भने, ‘अहिले श्रमिकहरु दलालको फन्दामा पर्ने गरेका छन्, मेनपावरले पनि दलाल मार्फत आएका मान्छेहरुलाई विदेश पठाउने हुनाले दलालबाटै उनिहरु ठगिन्छन् ।’
‘फ्रि–भिसाको प्रावधानलाई समेत हामिले नियमन गर्न सकेनौं’ मन्त्री शर्माले भने ‘दलालहरुले त्यहि फ्रि भिसा बेचिराखेका छन्, बाहिर १० हजार बुझाएको रसिद दिएर भित्र एक लाख रुपैयाँ असुलिरहेका छन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *