स्वास्थ्य सेवा प्रभावकारी बनाउन सरकार प्रतिवद्धः प्रधानमन्त्री देउवा

भक्तपुर न्यूज

१२ साउन २०७४ ११:०८

स्वास्थ्य सेवा प्रभावकारी बनाउन सरकार प्रतिवद्धः प्रधानमन्त्री देउवा

काठमाडौं, १२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिवद्ध रहेकोे बताएका छन् । त्यसका लागि आवश्यक उपकरण खरिदका लागि पर्याप्त बजेट विनियोजन गरेको उनले जानकारी दिए ।
वीर अस्पतालको १ सय २८ औं वार्षिकउत्सवको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले वीर अस्पतालको क्षमता वृद्धिका लागि आवश्यक सबै खालको व्यवस्था गर्ने प्रतिवद्धता पनि जनाए ।
त्यस अवसरमा प्रधानमन्त्री देउवाले वीर अस्पतालको सेवालाई गुणस्तरीय बनाउन सरकारले पर्याप्त बजेटको व्यवस्था गरेको पनि स्मरण गराएका थिए ।
प्रधानमन्त्री देउवाले सबै नागरिकलाई प्रत्यक्ष अनुभूति हुने गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न पनि वीर अस्पताललाई सचेत गराएका थिए ।
विक्रम संवत १९५९ सालमा स्थापना भएको वीर अस्पताल मुलुकको सबैभन्दा पूरानो सरकारी अस्पताल हो । प्रधानमन्त्री देउवाले अस्पतालले गुणस्तरीय जनशक्ति निर्माणमा समेत अतुलनीय योगदान दिँदै आएको पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *