विवेकशील र साझाको एकताले बाबुरामलाई धक्का

भक्तपुर न्यूज

१२ साउन २०७४ २:३३

विवेकशील र साझाको एकताले बाबुरामलाई धक्का

काठमाडौं, १२ साउन । विवेकशील नेपाली दल र साझा पार्टीबीच बुधबार एकता घोषणा गरिएपछि आफूलाई वैकल्पिक शक्ति बताउने डा।बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीलाई ठूलै धक्का लाग्ने संकेत देखा परेको छ ।

नागरिक समाजदेखि ब्युरोक्र्याट्ससम्मका ब्यक्तिलाई लिएर भट्टराईले नयाँ शक्ति पार्टीको ३५ सदस्यीय केन्द्रीय परिषद् गठन गरी अभियानको घोषणा गरेका थिए । जसमा तत्कालिन माओवादी नेता मुमाराम खनालदेखि पूर्व सचिव रामेश्वर खनाल समेतलाई केन्द्रीय परिषद् सदस्य बनाइएको थियो । जतिबेला आफ्नै समूहका नेताहरुले पनि तत्कालिन एमाओवादी पार्टी छाडेका थिएनन् ।

धेरैपछि माओवादी छाडेर देवेन्द्र पौडेल, बाबुरामपत्नीसहित भट्टराई पक्षका केही नेता नयाँ शक्तिमा आए । त्यसपछि चरणवद्ध रुपमा केन्द्रीय परिषद् विस्तार गरियो । एक वर्ष बढी आफूलाई अभियन्ता भन्दै आएका बाबुरामले गत वर्ष निकै ठूलो तामझामका साथ जेठ ३० गते नयाँ शक्ति पार्टी घोषणा गरेका थिए ।

गएको जेठ ३० मा वार्षिकी मनाइरहँदा नयाँ शक्तिका मुमारामदेखि रामेश्वरसम्मले पार्टी छाडिसकेका थिए । तिनै मुमाराम बुधबार मात्रै एकता घोषणा गरिएको विवेकशील साझा पार्टीमा रवीन्द्र मिश्र र उज्वल थापाकै समकक्षीकै रुपमा उभिएर मुस्कुराइरहेका थिए ।

नयाँ शक्ति छाडेर रवीन्द्रलाई अघि सारेर साझा पार्टी बनाएका मुमारामले बाबुरामलाई मात्रै छाडेनन्, बाबुरामको पार्टीको दस्तावेजसमेत साझा पार्टीको बनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *