पहुँचका आधारमा नमुना बिद्यालय छनौट भएको गुनासो

भक्तपुर न्यूज

११ साउन २०७४ ६:१२

पहुँचका आधारमा नमुना बिद्यालय छनौट भएको गुनासो

कुमार प्याकुरेल ।  दैलेख, ११ साउन । शिक्षा बिभागले हरेक बर्ष छनौट गर्दै आएको नमूना बिद्यालय छनौट कार्यक्रम अन्र्तगत यस बर्ष दैलेखको क्षेत्र नं १ मा रहेका कुनै पनि बिद्यालय छनौटमा परेका छैनन् । हरेक बर्ष क्षेत्रगत रुपमा प्रदान गरिने नमूना बिद्यालय छनौट भने भनसुन र पहँुचका आधारमा बिद्यालय छनौट हुने गरेको पछिल्लो उदाहरण हो ।

बिबिध समसामयिक गतिबिधिहरुको आवश्यक मुल्याकन र निश्चित सुचकहरु पुरा गरि बिभागले स्थलगत रुपमा अबलोकन गरेपछि नमूना विद्यालय छनौट गर्ने गरे पनि यो बर्ष यहाँका विद्यालय छनौटमा नपरेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।  यसअघिका बर्षहरुमा प्रत्येक निर्वाचन क्षेत्रबाट बराबर विद्यालय छनोट गरिएपनि अहिले क्षेत्र नं दुईमा मात्रै दुइवटा बिद्यालय छनौटमा परेका छन्.। पहिलो चरणमा हिमालय मावि डाडीमाडी र पछिल्लो समयमा दुल्लुको बिजया मावि बिद्यालय छनौटमा परेको हुन् ।

शिक्षा बिभागले सुचना प्रकाशित गरेर नमुना बिद्यालय छनौटका लागि दरखास्त आव्हान गरेपछि दैलेख क्षेत्र नं एकमा ३ र क्षेत्र न दुईमा ४ बिद्यालयले आवेदन दर्ता गराएका थिए । कुल २४० नमुना बिद्यालय छनौट हुनेमा हालसम्म १९८ बिघालय छनौटमा परिसकेका छन् ।
नमूना विद्यालय छनौट कार्यमा आफ्नो विद्यालयको सबै सुचकहरु पुगेको र यो भन्दा पहिले पनि नमुना छनौटमा परेको बिघालय यस पालि आफ्नो बिद्यालय त के निबार्चन क्षेत्र न १ मा कहि नपरेको र पहुँचका आधारमा नमूना छनौट गरेको सदरमुकामस्थित त्रिभुवन उच्च माविका प्राचार्य निरक कुमार तारामीले गुनासो गरे ।

 बिभागले स्थलगत रुपमा अबलोकन गरि नमुना बिद्यालय छनौट गरेको र जिल्लाबाट दुबै निबार्चन क्षेत्रगरि ७ बिद्यालयले आवेदन दिएको, यसमा आफुसँग कुनै राय सल्लाह सुझाव नमागेकोले यस विषयमा आफु अनबिज्ञ भएको जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद न्यौपानेले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *