नेपाल जेसिसको क्षेत्र ग को दुई दिने सम्मेलन आजबाट भक्तपुरमा सुरु
भक्तपुर, ६ साउन । नेपाल जेसिसको क्षेत्र ग को दुई दिने सम्मेलन आजबाट भक्तपुरमा सुरु भएको छ । भक्तपुर लेडी जेसिसको आतिथ्यता तथा नेपाल जेसिसको आयोजनामा सम्मेलन आज र भोलि गरि दुई दिनसम्म सञ्चालन हुन लागेको हो ।
भक्तपुर लेडी जेसिसको सभापति रञ्जना चापागाईं खर्बुजाले सम्मेलनमा बक्तृव्य कला, गोष्ठीलगायत बिभिन्न साँस्कृतिक कार्यक्रम गरिने बताउनु भयो ।
सम्मेलनमा जेसिसको क्षेत्र ग का रहेका ३२ शाखा लगायत देशभरबाट करीव ४०० जनाको सहभागीता रहने उहाँले बताउनुभयो ।
आजको उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदिप कुमार श्रेष्ठ, नेपाल जेसिसका केन्द्रीय अध्यक्ष प्रकाश प्रसाद अधिकारीलगायत केन्द्रीय पदाधिकारी तथा शाखाका अध्यक्षहरुको सहभागि रहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२१ वैशाख २०८२ १२:५९