धादिङमा बस दुर्घटना, दुईको मृत्यु
धादिङ, ५ साउन । काठमाडौबाट काँकडभिट्टा जाँदै गरेको बस धादिङमा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।काठमाडौंबाट काँकडभिट्टाका जाँदै गरेको ना ५ ख २२९३ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका –५ विशलटारमा गएराती सडकदेखि २० मिटर तल खसी दुर्घटना हुँदा बसका चालक झापा जिल्ला सिबसतासी गाउँपालिका– ६ का ३५ वर्षीय कमल ढुंगाना र सोही ठाउँका सहचालक २१ वर्षीय नमराज शिवाकोटी को घटनास्थल मै मृत्यु भएको हो ।
बसमा सवार अन्य ४ जना सामान्य घाइते भएका छन् । उनीहरुको मलेखु स्थित राजमार्ग सामुदायिक अस्पतालमा उपचार भैरहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२१ वैशाख २०८२ १२:५९