भूकम्प प्रभावित ६ जिल्लामा आईसीटी सेन्टर

भक्तपुर न्यूज

३ साउन २०७४ ३:४०

भूकम्प प्रभावित ६ जिल्लामा आईसीटी सेन्टर

काठमाडौं, ३ साउन। भूकम्पबाट अति प्रभावित ६ जिल्लाका सामुदायिक विद्यालयहरुमा नेपाल टेलिकमको सहयोगमा सूचना प्रविधि केन्द्र आईसीटी सेन्टर स्थापना गरेको छ । नेपाल टेलिकमले यी विद्यालयमा आईसीटी सेन्टर स्थापनाका लागि कम्प्युटर, प्रिन्टर लगायतका अन्य आवश्यक उपकरण उपलब्ध गराई मासिक रुपमा ३० जीजी डाटा भोल्युमको इन्टरनेट सुविधा २ वर्षसम्म निःशुल्क उपलब्ध गराउने व्यवस्था समेत गरेको छ ।

कम्पनीले शारदा मा।वि। प्याउली भोजपुर, रत्नचुण्डेश्वर मावि पानीमुण्डे बनेपा, सगरमाथा मावि ओखलढुङ्गा, कन्यादेवी आधारभूत विद्यालय कल्याणपुर नुवाकोट र सेतिदेवी मावि सालु रामेछापमा आईसीटी सेन्टर स्थापना गर्न सहयोग गरेको हो । सोलुखुम्बुको जीवन ज्योति मावि नेलमा पनि केही समयमै आवश्यक उपकरण जडान गरी सेवा सञ्चालन गर्ने तयारी छ ।

नेपाल टेलिकमले गत आ।व। २०७२र७३ मा पनि पशुपति कन्या मावि चरिकोट दोलखा, ज्ञानमन्दिर नमूना मावि मेलचौर सिन्धुपाल्चोक, दशरथचन्द मावि छत्रेदेउराली धादिङ, रसुवा उच्च मावि धुन्चे रसुवा र विन्द्रावति उच्च मावि मसेल गोरखामा आईसीटी सेन्टर स्थापना गरी सेवा सञ्चालन समेत भइरहेको छ ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मिति २०७२ बैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पबाट अति प्रभावित १४ जिल्ला मध्ये काठमाडौँ, ललितपुर र भक्तपुरबाहेक अन्य ११ जिल्लामा आईसीटी सेन्टर स्थापना गर्ने निर्णय गरेको थियो ।

सो अनुरुप नुवाकोट, काभ्रेपलाञ्चोक, ओखलढुंगा, रामेछाप, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, धादिङ, रसुवा, गोरखा र भोजपुर जिल्लाका एकरएक वटा सामुदायिक विद्यालयमा आईसीटी सेन्टर स्थापना गरिएको छ । यी आईसीटी सेन्टरमा विद्यार्थी तथा शिक्षकले इन्टरनेट मार्फत विभिन्न सुविधा उपभोग गर्न सक्ने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *