शिक्षाका ७५ उपसचिव स्थानीय तहमा

भक्तपुर न्यूज

१ साउन २०७४ २:४८

शिक्षाका ७५ उपसचिव स्थानीय तहमा

काठमाडौं १ साउन । शिक्षा मन्त्रालयले मातहतका ७५ जना उपसचिवलाई स्थानीय तहमा पठाएको छ । स्थानीय तहमा शिक्षा क्षेत्रको जिम्मेवारी वहन गर्ने गरी उपसचिवलाई सरुवा गरिएको मन्त्रालयले जनाएको छ । पहिलो चरणमा महानगरपालिका र नगरपालिकामा शिक्षाका उपसचिव खटाइएका हुन् । तर, प्रशासन समूहबाट महानगरपालिका र नगरपालिकाका कार्यकारी अधिकृत बनेका कर्मचारीभन्दा शिक्षाका ‘वरिष्ठ व्यक्तिुलाई शिक्षा मात्र हेर्ने गरी स्थानीय तहमा सरुवा गरिएको भन्दै पनि उपसचिवहरूले विरोध जनाएका छन् । आफूभन्दा पछि सेवा प्रारम्भ गरेका कनिष्ठ कर्मचारी कार्यकारी अधिकृतको मातहत काम गर्न पठाएर मानहानि गरिएको भन्दै उनीहरूले कानुनी उपचारका लागि अदालत जाने चेतावनीसमेत दिएका छन् ।

मन्त्रालयको प्रशासन महाशाखाका प्रमुख चक्र बूढाले सरकारले तीनपटक तत्काल स्थानीय तहमा ‘कर्मचारी खटाउनु भनेपछि उपसचिवलाई पठाइएको जानकारी दिए । इटहरी उपमहानगरपालिकामा डिल्ली निरौला, धरानमा टेकनाथ रेग्मी, बुटवलमा भोजबहादुर केसी र नेपालगन्जमा गोर्खबहादुर थापालाई पठाइएको छ । काठमाडौंको कागेश्वरी(मनहरा नगरपालिकामा गीता घिमिरे, गोकर्णेश्वरमा दण्डपाणि शर्मा, तारकेश्वरमा सूर्यराज घिमिरे, दक्षिणकालीमा हेमप्रसाद आचार्य, नागार्जुनमा देवीराम अर्याल, बूढानीलकण्ठमा युवराज पौडेल, कीर्तिपुरमा समन्तमणि आचार्य, शंखरापुरमा देवीरञ्जन हुमागाईं र टोखामा ललितविक्रम सिंहलाई खटाइएको छ ।

भक्तपुरको मध्यपुर थिमीमा महेन्द्रकुमार बोहोरा, सिन्धुलीको दूधौलीमा सत्रुघन यादव, काभ्रेको पनौतीमा मित्रप्रसाद काफ्ले, पाँचखालमा दिनेशकुमार न्यौपाने, नमोबुद्धमा फटिकबहादुर केसी, मण्डनदेउपुरमा हर्कबहादुर अधिकारी, ललितपुरको महालक्ष्मीमा गोकर्णध्वज कार्की, धादिङको धुनीबेसीमा शोभाकर रेग्मी र मकवानपुरको थाहामा रवीप्रसाद शर्मालाई सरुवा गरिएको छ ।

त्यस्तै, चितवनको खैरहनीमा नारायणप्रसाद पौडेल, रत्ननगरमा रामकृष्ण सिंखडा, स्याङ्जाको भीरकोटमा हुमानाथ शर्मा, तनहुँको भिमादमा रामप्रसाद शर्मा, शुक्लागण्डकीमा मायाकुमारी बराल, बागलुङको जेमिनीमा खेमप्रसाद आचार्य, लमजुङको सुन्दरबजारमा कृष्णप्रसाद सिग्देललाई खटाइएको मन्त्रालयले जनाएको छ । नवलपरासीको कावासोतीमा गोपालप्रसाद कँडेल, देवचुलीमा राजु बानियाँ, गैंडाकोटमा गोपालप्रसाद भण्डारी, मध्यबिन्दूमा चेतनशील लम्साल, झापाको मेचीनगरमा उद्धव विष्ट, बिर्तामोडमा युवराज पाण्डे छन ।

चितवनको कालिकामा नारायणप्रसाद वाग्ले, भक्तपुरमा हीराकिरण कायस्थ, गोरखाको पालुङ्टारमा भरतकाजी अर्याल, लमजुङको राइनासमा श्रीप्रसाद भट्टराई, नवलपरासीको सुनवलमा टेकप्रसाद पाण्डे, रूपन्देहीको देवदहमा घनश्याम भुसाल, सैनामैनामा नरेन्द्र बेल्वासे, लुम्बिनी सांस्कृतिकमा दिवाकर भण्डारी, तिलोत्तमामा टीकाराम शर्मा, सिद्धार्थनगरमा टीकाराम अर्याललाई खटाइएको छ । दाङको तुलसीपुरमा भाष्करराज गौतम, कपिलवस्तुको वाणगंगामा सूर्यप्रसाद भुसाल, बुद्धभूमिमा बाबुराम भट्टराई, बाँकेको कोहलपुरमा मनप्रसाद रेग्मी, कञ्चनपुरको कृष्णपुरमा गणेशबहादुर सिंह र शुक्लाफाँटामा दुर्गादत्त विष्टलगायतलाई पठाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *