सरकारी अस्पतालमा ३० वर्ष पुराना उपकरण

भक्तपुर न्यूज

३१ असार २०७४ १:०९

सरकारी अस्पतालमा ३० वर्ष पुराना उपकरण

काठमाडौं, ३१ असार । उपत्यकाका ठूला सरकारी अस्पतालमा स्वास्थ्य जाँच गर्ने उपकरण ३० वर्षभन्दा पुराना छन्। त्यस्ता उपकरणको आयु औसत दुईदेखि पाँच वर्षको हुन्छ। वीर, टिचिङ, सिभिललगायतका अस्पतालले वर्षौं पुराना उपकरण प्रयोग गरिरहेका छन्। ‘दुईदेखि पाँच वर्ष मात्रै औसत आयु हुने भए पनि सरकारी अस्पतालमा पुराना उपकरण प्रयोगमा छन्,’ सिभिल अस्पतालका निर्देशक आरपी चौधरीले भने।

त्रिभुवन विश्वविद्यालय शिक्षण टिचिङ अस्पताल महाराजगन्जमा पनि पुराना उपकरण प्रयोगमा आइरहेका छन्। अस्पतालका मेन्टिनेन्स शाखाका इन्जिनियर अमितकुमार चौधरीले स्थापनादेखिका उपकरणबाटै बिरामीको स्वास्थ्य जाँच भइरहेको बताए। ‘पुराना मेसिनबाटै हामीले बिरामीको स्वास्थ्य परीक्षण गरिरहेका छौँ,’ उनले भने। इन्जिनियर चौधरीले निश्चित आयुभन्दा बढी समय चलेका उपकरणको क्षमतामा कमी आउने भएकाले यस्ता मेसिनले बिरामीको स्वास्थ्य परीक्षण गर्दा गम्भीर समस्या उत्पन्न हुन सक्ने बताए।

सबैभन्दा पुराना उपकरण टिचिङ अस्पतालमा रहेका छन्। यस्ता उपकरणलाई सबै अस्पतालले विस्थापन गरी अत्याधुनिक उपकरण जडान गर्नुपर्ने चौधरीको भनाइ छ। टिचिङ अस्पतालमा २५ वर्षदेखि अटो क्लेभ मेसिन सञ्चालनमा रहेको छ। यसलाई वर्षौँवर्षसम्म सञ्चालनमा ल्याउनु उपयुक्त नभएको प्रा।डा। लोकविक्रम थापा बताउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *