स्थानीय तहको अधिकार कटौती नगर्न ओलीको आग्रह
भक्तपुर, ३० असार । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली शर्माले स्थानीय तहलाई दिएको अधिकारलाई देउवा सरकारले कटौती गर्दै लगेको आरोप लगाएका छन् । स्थानीयतहलाई अधिकार सम्पन्न गराउनका लागि जनप्रतिनिधिहरुले सरकारसँग लडाई गर्नु अबस्था आएको उनले बताए ।
आज विहान सूर्यबिनायक नगरपालिकाको प्रथम नगरसभाको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले अहिलेको स्थानीय तहले केन्द्र र प्रादेशिक सरकारसँग अधिकार माग्नुपर्ने अबस्था सृजना गर्न लागेको बताए । उनले संविधान निर्माण गर्दा संविधानमै उल्लेखित केन्द्र, प्रादेशिक र स्थानीय तहको अवधारणालाई वर्तमान देउवा सरकारले केन्द्र र प्रादेशिकमा केही नगरी स्थानीय तहमा मात्रै अधिकार कटौती गर्न कानून र विधेयक पारित गर्न लागेको बताउँदै यदि स्थानीय तहको अधिकार कटौती गरिए त्यो एमालेलाई सह्रैय नहुने चेतावनी समेत दिए ।
अधिकार सम्पन्न स्थानीय निकायले मात्रै गाउँटोलका साथै नगर र समग्र देशको विकासमा सहयोग पु¥याउने भएकोले सबै राजनीतिक दलहरु मिलेर विकासमा अघि बढ्नुको विकल्प नरहेको उनले बताए । कार्यक्रममा भक्तपुर क्षेत्र नं २ का साँसद रामेश्वर ढुंगेल, पुर्वमन्त्री महेश बस्नेतलगायत विभिन्न राजनीतिक दलका नेता तथा कार्यकताको सहभागीता रहेको थियो । परिषद्को उद्घाटनमा सुर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले आर्थिक बर्ष २०७४ ÷०७५ का लागिकुल ४८ करोड १० लाख २८ हजारको अनुमानित बजेट सार्वजनिक गरेका छन् ।