चिकित्सकको चरित्र हत्या नगर्न संघको चेतावनी

भक्तपुर न्यूज

२५ असार २०७४ २:४०

चिकित्सकको चरित्र हत्या नगर्न संघको चेतावनी

काठमाडौं, २५ असार। नेपाल युरोलोजिकल शल्यचिकित्सक संघले पत्थरी निकाल्ने क्रममा विरामीको मिर्गौला नै झिकिएको घटनाबारे आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । मनमोहन अस्पतालमा उपचारका क्रममा आफ्नो मिर्गौला चारी भएको पीडितको दाबी छ । तर, अस्पतालले भने उपचारका क्रममा जटिलता आएपछि परिवारलाई जानकारी गराएर नै मिर्गौला झिकिएको र अस्पतालमा सुरक्षित रहेको बताएको छ ।

उपचारमा डा। गुणकुमार श्रेष्ठ संलग्न थिए । यो घटनालाई लिएर आफ्नो सदस्य समेत रहेका डा। श्रेष्ठलाई धम्की दिने तथा चरित्र हत्या गर्ने प्रयास भएको भन्दै युरोलोजिकल शल्यकिचित्सक संघले आपत्ति जनाएको छ । ‘यस घटनामा डा. श्रेष्ठको कुनै त्रुटी पुष्टि भए त्यसको सजाय स्वीकार गर्नुपर्छ’ संघले भनेको छ, तर, त्यसो जगरी चिकित्सकको चरित्र हत्या गर्ने, आधारहित आरोप लगाउने जस्ता गैरकानुनी क्रियाकलापको हामी भत्र्सना गर्दैछौं ।’

संघले घटनाको छानविनमा आवश्यक परे सहयोग गर्न तयार रहेको बताएको छ । साथै घटनापछि कानुनी उपचार नखोजी अस्पताल र विरामी पक्षबीच सम्झौता गरिएको र यसले थप जटिलता उत्पन्न गराएको भन्दै सम्झौतामा असहमति जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *