कात्तिक २१ देखि सेयर बजार अनलाइनबाटै

भक्तपुर न्यूज

२४ असार २०७४ ३:१९

कात्तिक २१ देखि सेयर बजार अनलाइनबाटै

काठमाडौँ, २४ असार । नेपाल स्टक एक्चेन्जले आगामी कात्तिक २१ गतेदेखि सम्पूर्ण कारोबार अनलाइन प्रणालीमा त्यो पनि घरमै नै बसेर गर्ने व्यवस्था गर्न लागेको जानकारी दिएको छ ।  आफ्नो कार्यकाल सकेर बिदा हुन लागेका नेप्सेका प्रमुख कार्यकारी अधिकृत सीताराम थपलियाले सेयर बजार पूर्णरुपमा अनलाइन प्रणालीमा लैजाने प्रक्रिया सुरु गरिएको र हाल परीक्षणमा रहेको बताए।

नेप्सेले पूर्ण स्वचालित अनलाइन प्रणालीको स्थापनाका लागि सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार वाईको कम्पनीसँग २०७२ फागुनमा सम्झौता गरेको थियो । प्रमुख कार्यकारी अधिकृत थपलियाले सूचीकृत धितोपत्रको कारोबार अभौतिकृत रुपमा गराउन सुरु गरेको, ग्रामीण क्षेत्रमा ब्रोकर शाखा विस्तार गरिएको र कागजी धितोपत्र कारोबारेको अन्त्यसँगै झापाको बिर्तामोड कैलालीको धनगढी बाग्लुङ र लम्जुङको बेँसीसहरसम्म लगानीकर्ताको पहुँच विस्तार गरिएको जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *