राजपा निर्वाचन आयोगमा दर्ता

भक्तपुर न्यूज

२४ असार २०७४ ३:०६

राजपा निर्वाचन आयोगमा दर्ता

काठमाडौं, २४ असार । निर्वाचन आयोगमा दर्ता भएको छ । राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचनमा भाग लिने बाटो खुलेको छ । निर्वाचन आयोगमा दर्ता भएपछि अब सो दलले पनि चुनावमा भाग लिने बाटो खुलेको हो ।

पहिलो र दोस्रो चरणको चुनाव बहिष्कार गरेका राजपा नेपाल तेस्रो चरणको चुनाव नजिकिँदै जाँदा राजपाले शुक्रबार निर्वाचन आयोगमा दल दर्ता गराएको हो । असोज २ गते २ नम्बर प्रदेशमा स्थानीय तहको तेस्रो चरणको चुनाव हुँदैछ । मधेशवादी दलहरुसँगको सहमतिका लागि नै सरकारले असोज २ गतेका लागि दुई नम्बर प्रदेशको स्थानीय तहको चुनाव सारेको थियो ।

दोस्रो चरणको चुनावमा विभिन्न ठाउँमा स्वतन्त्र उम्मेदवारी दिएर दुई ठाउँमा जित हासिल गरेका राजपा नेपालले तेस्रो चरणको चुनावमा भाग लिने तयारी पनि थालिसकेको छ । अन्य प्रदेशभन्दा राजपा नेपालको दुई नम्बर प्रदेशमा पकड भएको कारणले आफ्नो पकड नगुमाउनका लागि चुनावमा भाग लिने राजपा नेपालका एक नेताले बताए । सविधान संशोधनबाहेक अन्य मागहरु सरकारले पूरा गर्ने भनेको छ ।

केही न केही पक्कै पनि गर्ला भन्ने आशमा राजपा नेपाल चुनावको तयारीमा लागेको छ । त्यसैको तयारी स्वरुप शुक्रबार उनीहरुले पार्टी पनि दर्ता गराएका छन् । राजपा नेपाल चुनावमा भाग लिने तयार भए उनीहरुले माग गरेको चुनाव चिन्ह छाता पनि दिने सरकारले प्रतिवद्धता जनाइसकेको छ ।

यद्यपी राजपा नेपालका अध्यक्षमण्डलका सदस्य महेन्द्रराय यादवले दल दर्ता गराउँदैमा चुनावमा भाग लिनुपर्छ भन्ने नभएको उल्लेख गर्दै आफूहरुको माग पूरा गरेर चुनावको वतावरण बनाए मात्र चुनावमा भाग लिने प्रतिक्रिया दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *