२५० स्थानीय तहमा ‘क’ वर्गका बैंक जाँदै

भक्तपुर न्यूज

२२ असार २०७४ २:३६

२५० स्थानीय तहमा ‘क’ वर्गका बैंक जाँदै

काठमाडौं, २२ असार । देशका २५० स्थानीय तहमा ‘क’ वर्गको वाणिज्य बैंकका शाखा खुल्ने भएका छन् । हालसम्म वाणिज्य बैंक नपुगेका ४१२ तहमध्ये २५० तहमा तत्काल शाखा खोल्न बैंकहरू तयार भएका हुन् । ७४४ स्थानीय तहमध्ये हालसम्म ३३२ तहमा मात्रै ‘क’ वर्गका बैंक छन् । नयाँ शाखा खोल्दासमेत १६२ स्थानीय तह भने वाणिज्य बैंकका शाखाविहीन हुनेछन् ।

नेपाल बैंकर्स संघले ४६ नगरपालिका र २०४ गाउँपालिकामा वाणिज्य बैंकका शाखा खोल्न नेपाल राष्ट्र बैंकलाई प्रस्ताव गरेको हो । बैंकिङ सुविधा नपुगेका सातवटै प्रदेशका २५० स्थानीय तहमा ‘क’ वर्गका बैंकको शाखा थप्नका लागि प्रस्ताव गरिएको संघका अध्यक्ष अनिलकेशरी शाहले बताए । ‘स्थानीय सरकारलाई वित्तीय क्षेत्रबाट सहयोग पुर्याउने गरी शाखा खोल्न हामी तयार भएका छौँ,’ उनले भने, ‘नयाँ शाखा खुलेपछि ६ सय स्थानीय तहमा बैंक पुग्नेछ र मुलुकका ८० प्रतिशत जनतामा बैंकिङ पहुँच पुग्नेछ ।’

हाल २८ वटा वाणिज्य बैंक सञ्चालनमा छन् । त्यसमध्ये २७ बैंकले २५० तहमा शाखा खोल्ने सहमति गरेका हुन् । बहुराष्ट्रिय स्ट्यान्डर्ड चार्टर्ड बैंक भने स्थानीय तहमा जान तयार नभएको संघका एक सदस्यले बताए । ‘कुनै एक स्थानीय तहमा एक बैंकको शाखा खोल्न २७ वटै वाणिज्य बैंक तयार भएका छौँ,’ नाम नबताउने सर्तमा उनले भने, ‘तर, स्ट्यान्डर्ड चार्टर्ड भने त्यस्ता विकट तथा दुर्गम क्षेत्रमा जान तयार भएन ।’

तत्कालै शाखा खोल्न सुरु गरे पनि २५० स्थानीय तहमा वाणिज्य बैंक पुग्न ३ देखि ६ महिनासम्म लाग्ने अध्यक्ष शाहले बताए । अहिले वर्षायाम सुरु भएकाले शाखा स्थापनाका लागि गाह्रो हुन्छ,’ उनले भने, ‘सडकको सहज पहुँच भएका केही तहमा एक महिनामै शाखा स्थापना गर्न सकिए पनि सबै तहमा पुग्न ६ महिनासम्म लाग्छ ।’

वाणिज्य बैंक नपुगेका ४१२ स्थानीय तहमध्ये २५० तहमा शाखा खोल्न बैंकहरू तयार भएका हुन् । तर, बाँकी १६२ तहमा भने बैंकका शाखा खोल्न बैंकहरू तयार छैनन् । त्यसमध्ये पनि ११२ मा तत्काल शाखा खोल्न असम्भव रहेको बैंकरहरूको भनाइ छ । अधिकांश तहमा सडक, विद्युत्, इन्टरनेटलगायत सुविधा नभएका कारण बैंकका शाखा लैजान सकिने अवस्था नरहेको साहले बताए ।

२५० स्थानीय तहमा ‘क’ वर्गका बैंक जाँदै घछ क्ज्ब्च्भ्क् च्भबम अयगलतकस् ज्ञड ३४ मिनट अगाडि पत्रपत्रिका काठमाडौं, २२ असार । देशका २५० स्थानीय तहमा ‘क’ वर्गको वाणिज्य बैंकका शाखा खुल्ने भएका छन् । हालसम्म वाणिज्य बैंक नपुगेका ४१२ तहमध्ये २५० तहमा तत्काल शाखा खोल्न बैंकहरू तयार भएका हुन् । आजको नयाँ पत्रिकामा खबर छ– ७४४ स्थानीय तहमध्ये हालसम्म ३३२ तहमा मात्रै ‘क’ वर्गका बैंक छन् । नयाँ शाखा खोल्दासमेत १६२ स्थानीय तह भने वाणिज्य बैंकका शाखाविहीन हुनेछन् । नेपाल बैंकर्स संघले ४६ नगरपालिका र २०४ गाउँपालिकामा वाणिज्य बैंकका शाखा खोल्न नेपाल राष्ट्र बैंकलाई प्रस्ताव गरेको हो ।

बैंकिङ सुविधा नपुगेका सातवटै प्रदेशका २५० स्थानीय तहमा ‘क’ वर्गका बैंकको शाखा थप्नका लागि प्रस्ताव गरिएको संघका अध्यक्ष अनिलकेशरी शाहले बताए । ‘स्थानीय सरकारलाई वित्तीय क्षेत्रबाट सहयोग पुर्याउने गरी शाखा खोल्न हामी तयार भएका छौँ,’ उनले भने, ‘नयाँ शाखा खुलेपछि ६ सय स्थानीय तहमा बैंक पुग्नेछ र मुलुकका ८० प्रतिशत जनतामा बैंकिङ पहुँच पुग्नेछ ।’ स्ट्यान्डर्ड चार्टर्ड नजाने हाल २८ वटा वाणिज्य बैंक सञ्चालनमा छन् । त्यसमध्ये २७ बैंकले २५० तहमा शाखा खोल्ने सहमति गरेका हुन् ।

बहुराष्ट्रिय स्ट्यान्डर्ड चार्टर्ड बैंक भने स्थानीय तहमा जान तयार नभएको संघका एक सदस्यले बताए । ‘कुनै एक स्थानीय तहमा एक बैंकको शाखा खोल्न २७ वटै वाणिज्य बैंक तयार भएका छौँ,’ नाम नबताउने सर्तमा उनले भने, ‘तर, स्ट्यान्डर्ड चार्टर्ड भने त्यस्ता विकट तथा दुर्गम क्षेत्रमा जान तयार भएन ।’ कहिले खोलिन्छन् बैंकका शाखा तत्कालै शाखा खोल्न सुरु गरे पनि २५० स्थानीय तहमा वाणिज्य बैंक पुग्न ३ देखि ६ महिनासम्म लाग्ने अध्यक्ष शाहले बताए । ‘अहिले वर्षायाम सुरु भएकाले शाखा स्थापनाका लागि गाह्रो हुन्छ,’ उनले भने, ‘सडकको सहज पहुँच भएका केही तहमा एक महिनामै शाखा स्थापना गर्न सकिए पनि सबै तहमा पुग्न ६ महिनासम्म लाग्छ ।’

१६२ तहमा कहिले पुग्छन् बैंक रु वाणिज्य बैंक नपुगेका ४१२ स्थानीय तहमध्ये २५० तहमा शाखा खोल्न बैंकहरू तयार भएका हुन् । तर, बाँकी १६२ तहमा भने बैंकका शाखा खोल्न बैंकहरू तयार छैनन् । त्यसमध्ये पनि ११२ मा तत्काल शाखा खोल्न असम्भव रहेको बैंकरहरूको भनाइ छ । अधिकांश तहमा सडक, विद्युत्, इन्टरनेटलगायत सुविधा नभएका कारण बैंकका शाखा लैजान सकिने अवस्था नरहेको साहले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *