२७ सय यात्रुले भाडा फिर्ता पाएनन्

भक्तपुर न्यूज

२० असार २०७४ २:४८

२७ सय यात्रुले भाडा फिर्ता पाएनन्

काठमाडौं, २० असार । अन्तराष्ट्रिय वायुसेवा कम्पनीहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा रोकिएका करिब ३ हजार नेपालीको हवाई भाडा फिर्ता गर्न अटेर गरेका छन् ।

विदेश जाने क्रममा विमानस्थलको अध्यागमनबाटै फिर्ता भएका २ हजार ७ सयभन्दा बढी नेपालीले हवाई भाडमा तिरेको ६० करोडभन्दा बढी रकम नपाएको पाइएको छ । फिर्ता भएका यात्रुले गन्तव्य र हवाई कम्पनीअनुसार २० हजार रुपैयाँदेखि ६० हजार रुपैयाँसम्म फिर्ता पाउनुपर्छ । भाडा फिर्ता नपाउनेमा सबैभन्दा बढी वैदेशिक रोजगारीका लागि खाडी मुलुक जाने नेपाली कामदार रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *