घोराहीबाट एमालेले खोल्यो खाता

भक्तपुर न्यूज

१९ असार २०७४ १३:५१

घोराहीबाट एमालेले खोल्यो खाता

दाङ, १९ असार । घोराही उपमहानगरपालिकाबाट एमालेले ठूला नगरमा पनि विजयको खाता खोलेको छ । दोस्रो चरणको स्थानीय तह निर्वाचनमा मतपरिणाम सार्वजनिक गर्ने उपमहानगरमध्ये घोराही पहिलो हो । घोराही उपमहानगरमा एमालेका नरुलाल चौधरी निर्वाचित भएका छन् ।

कांग्रेसका भूपबहादुर डाँगीलाई झण्डै ५ हजार मतले हराउँदै नरुलाल मेयरमा जितेका छन् । चौधरीलाई २२ हजार ३० मत प्राप्त भएको छ भने काँग्रेसका डाँगीले १७ हजार ४ सय ८४ मत प्राप्त गरेका छन्।

उपमेयरमा पनि एमालेकै सीता न्यौपानेले जितेकी छन् । उनले कांग्रेसकै पुष्पा श्रेष्ठलाई पराजित गरिन् । घोराहीका १९ वटा वडा मध्ये एमालेले १०,कांग्रेसले ६ र माओवादीले ३ वडा जितेका छन् । नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवार जीवन गौतमलाई १२ हजार ८२ र उपमेयर सीता चौधरीलाई १२ हजार ८ सय २४ मत आएको छ। ७८४१९ मतदाता रहेको घोराही उपमहानगरमा ५८ हजार ५ सय ३९ मत खसेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *