आज १ सयले घट्यो सुन

भक्तपुर न्यूज

१९ असार २०७४ १०:४३

आज १ सयले घट्यो सुन

काठमाडौं, १९ असार । सुनको मूल्य आज तोलामा १ सय रुपैयाँले घटेको छ । हिजो प्रतितोला ५४ हजार १ सय रुपैयाँ रहेको सुन आज १ सय रुपैयाँले घटेर ५४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार आज चाँदीको मूल्य स्थिर रहेको छ । हिजो ७ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज पनि ७ सय ४५ मा कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *