स्वतन्त्र उम्मेदवारी दिएका राजपाका एक उम्मेदवारले जिते कपिलवस्तुको शुद्धोधन
कपिलवस्तु, १९ असार । पार्टीले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेपछि स्वतन्त्र उम्मेदवारी दिएका राजपाका एक उम्मेदवारले कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा जितेका छन् । स्वतन्त्र उम्मेदवारी दिएर मैदानमा खडा भएका निसार अहमद खाँ गाउँपालिका प्रमुखमा विजयी बनेका हुन् ।
उनले १ हजार ८ सय ३७ मतका साथ जित दर्ता गराउँदा उनका नजिकका प्रतिष्पर्धी अर्का स्वतन्त्र उम्मेदवार कमलेशशरण चौधरी १ हजार ७ सय ६३ मतमा रोकिए । यहाँ फोरम लोकतान्त्रिक तेस्रो भएको छ ।
गाउँपालिका उपाध्यक्षमा भने नेपाली कांग्रेसकी सुधादेवी पाण्डे विजयी भएकी हुन् । पाण्डेले २ हजार ६ सय ३५ मत ल्याएर विजयी भएकी हुन् । यहाँको वडा नं. १ र ४ मा कांग्रेस, ५ र ६ मा राजपा, ३ मा राप्रपा र २ मा संघीय समाजवादी फोरमको प्यानल विजयी भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२२ वैशाख २०८२ १५:३०