सिटौलाको गृहनगरमा राप्रपाको जित
झापा, १९ असार । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको निर्वाचन क्षेत्रमा राप्रपा विजयी भएको छ । राप्रपाले झापाको कचनकवल गाउँपालिकाको प्रमुख र उपप्रमुख पदमा विजयी भएको हो ।
राप्रपाबाट उम्मेदवार बनेका अन्जार आलम ५ हजार ८ सय १६ मत ल्याउँदै अध्यक्षमा निर्वाचित भए । उनले निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार कालेन्द्रप्रसाद राजवंशीलाई ३ सय ८० मतअन्तरले पछि पार्दै आफ्नो जित सुनिश्चित गरे ।
उपाध्यक्षमा पनि राप्रपाकै उम्मेदवार निनसरी राजवंशी विजयी भएकी छिन् । उनले ५ हजार ७ सय ९२ मत ल्याइन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकै गीता ओडारी खरेललाई ७ सय मतअन्तरले पछि पारेकी थिइन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२२ वैशाख २०८२ १५:३०