यति र महालक्ष्मी गाभिएपछिको एकिकृत कारोबार सुरु

भक्तपुर न्यूज

१८ असार २०७४ ५:३२

यति र महालक्ष्मी गाभिएपछिको एकिकृत कारोबार सुरु

काठमाडौं १८ असार । यति डेभलपमेन्ट बैंक र महालक्ष्मी बिकास बैंक गाभिएपछिको एकिकृत कारोबार आइतवारबाट सुरु भएको छ ।

यो सँगै नयाँ संस्था महालक्ष्मी बिकास बैंककै नामबाट सञ्चालनमा आउने भएको छ । मर्जरपछि बैंकको चुक्ता पुँजी २ अर्ब ६२ करोड चुक्ता  पुँजी पुगेको छ । मर्जर अघि यतिको चुक्ता पुँजी १ अर्ब ३८ करोड र महालक्ष्मीको १ अर्ब १५ करोड रहेको थियो । यी दुई संस्थाले १ः१ अनुपातमा सेयर स्वाप रेसियो कायम गरेर मर्जर गरेका हुन् ।

मर्जरपछि बैंकको निक्षेप २४ अर्ब २१ करोड र कर्जा २० अर्ब २६ करोड पुगेको छ । बैंकको शाखा संख्या ६५ पुगेको छ । चालु आवको चैतमा यतिको नाफा २१ करोड ७१ लाख र महालक्ष्मीको २२ करोड ४ लाख रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *