हालसम्म कुन स्थानीय तहमा कसले जिते ? (सूचीसहित)

भक्तपुर न्यूज

१६ असार २०७४ ११:४६

हालसम्म कुन स्थानीय तहमा कसले जिते ? (सूचीसहित)

काठमाडौं, १६ असार । दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना जारी रहँदा अपरान्हसम्म ३२ स्थानीय तहको परिणाम सार्वजनिक भएको छ ।
एमालेले एक नगरपालिकासहित १५ स्थानीय तह जितेको छ भने कांग्रेसले २ नगरपालिकासहित ११ तहमा जित हासिल गरेको छ । त्यस्तै, माओवादीले ५ स्थानीय तहमा जित हासिल गरेको छ । राष्ट्रिय जनमोर्चाले प्यूठानको १ स्थानीय तहमा जितको खाता खोलेको छ ।

एमालेले जितेका स्थानीय तह

१. अमरगढी नगरपालिका, डडेल्धुरा
२. मस्टा गाउँपालिका, बझाङ
३. थलारा गाउँपालिका, बझाङ
४. बित्थडचिर गाउँपालिका, बझाङ
५. गौमुल गाउँपालिका, बाजुरा
६. पाण्डवगुफा गाउँपालिका, बाजुरा
७. पञ्चेश्वर गाउँपालिका, बैतडी
८. जन्तेढुंगा गाउँपालिका, खोटाङ
९. रामप्रसाद राई गाउँपालिका, भोजपुर
१०. मैवाखोला गाउँपालिका, ताप्लेजुङ
११. लेकम गाउँपालिका, दार्चुला
१२. त्रिवेणी सुस्ता गाउँपालिका, नवलपरासी
१३. दुर्गाथली गाउँपालिका, बझाङ
१४. ताप्ली गाउँपालिका, उदयपुर
१५. शहीदभूमि छिन्ताङ गाउँपालिका, धनकुटा

कांग्रेसले जितेका स्थानीय तह

१. महाकाली नगरपालिका, दार्चुला
२. बडिमालिका नगरपालिका, बाजुरा
३. छेडेदह गाउँपालिका, बाजुरा
४. काँडा गाउँपालिका, बझाङ
५. चिचिला गाउँपालिका, संखुवासभा
६. सिलिचोङ गाउँपालिका, संखुवासभा
७. गुल्मी दरबार गाउँपालिका, गुल्मी
८. अालिताल गाउँपालिका, डडेल्धुरा
९. भागेश्वर गाउँपालिका, डडेल्धुरा
१०. गन्यापदुरा गाउँपालिका, डडेल्धुरा
११. केअार्इसिंह गाउँपालिका, डोटी

माओवादीले जितेका स्थानीय तह

१. लिखु पिके गाउँपालिका, सोलुखुम्बु
२. महाकुलुङ गाउँपालिका, सोलुखुम्बु
३. पुथा उत्तरगंगा गाउँपालिका, रूकुम
४. बंगलाचुली गाउँपालिका, दाङ
५. भूमे गाउँपालिका, रूकुम

राष्ट्रिय जनमाेर्चाले जितेको स्थानीय तह

१. मल्लरानी गाउँपालिका, प्यूठान


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *