हालसम्म कुन स्थानीय तहमा कसले जिते ? (सूचीसहित)
काठमाडौं । दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना जारी रहँदा आज अपरान्ह ३ बजेसम्म २१ स्थानीय तहको परिणाम सार्वजनिक भएको छ । एमालेले एक नगरपालिकासहित १० स्थानीय तह जितेको छ भने कांग्रेसले २ नगरपालिकासहित ७ तहमा जित हासिल गरेको छ । त्यस्तै, माओवादीले ३ स्थानीय तहमा जित हासिल गरेको छ । राष्ट्रिय जनमोर्चाले प्यूठानको १ स्थानीय तहमा जितको खाता खोलेको छ ।
एमालेले जितेका स्थानीय तह
१. अमरगढी नगरपालिका, डडेल्धुरा
२. मस्टा गाउँपालिका, बझाङ
३. थलारा गाउँपालिका, बझाङ
४. वित्थडचिर गाउँपालिका, बझाङ
५. गौमुल गाउँपालिका, बाजुरा
६. पाण्डवगुफा गाउँपालिका, बाजुरा
७. पञ्चेश्वर गाउँपालिका, बैतडी
८. जन्तेढुंगा गाउँपालिका, खोटाङ
९. रामप्रसाद राई गाउँपालिका, भोजपुर
१०. मैवाखोला गाउँपालिका, ताप्लेजुङ
कांग्रेसले जितेका स्थानीय तह
१. महाकाली नगरपालिका, दार्चुला
२. बडिमालिका नगरपालिका, बाजुरा
३. छेडेदह गाउँपालिका, बाजुरा
४. काँडा गाउँपालिका, बझाङ
५. चिचिला गाउँपालिका, संखुवासभा
६. सुलिचुङ गाउँपालिका, संखुवासभा
७. गुल्मी दरबार गाउँपालिका, गुल्मी
माओवादीले जितेका स्थानीय तह
१. लिखु पिके गाउँपालिका, सोलुखुम्बु
२. महाकुलुङ गाउँपालिका, सोलुखुम्बु
३. पुथा उत्तरगंगा गाउँपालिका, रूकुम
राष्ट्रिय जनमाेर्चाले जितेको स्थानीय तह
१. मल्लरानी गाँउपालिका, प्यूठान