फोरमका अध्यक्ष तथा उपप्रधानमन्त्री गच्छदारको वडामा काँग्रेस विजयी

भक्तपुर न्यूज

१६ असार २०७४ ८:२०

फोरमका अध्यक्ष तथा उपप्रधानमन्त्री गच्छदारको वडामा काँग्रेस विजयी

इटहरी, १६ असार । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष एवं उपप्रधान तथा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री विजय गच्छदारको वडामा नेपाली कांग्रेसका उम्मेदवारले जितेका छन् । गच्छदारको घर रहेको दुहवी–२ मा नेपाली कांग्रेसका अरविन्दकुमार विश्वास २ सय ८३ मत ल्याएर विजयी भएका हुन् । यो वडामा फोरमबाट लोलितकुमार चौधरी उठेका थिए । उनले २ सय ७० मत प्राप्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *