उपत्यकामा हिजो ५ करोडको दहि बिक्रि

भक्तपुर न्यूज

१६ असार २०७४ ६:४७

उपत्यकामा हिजो ५ करोडको दहि बिक्रि

भक्तपुर, १६ असार । उपत्यकामा रहेको तीनवटा जिल्लामा हिजो असार १५ गतेका दिन ५ करोड बढीको दहिको कारोबार भएको बताएका छन् । उपत्यकाका तीन जिल्ला मध्ये भक्तपुर जुजु धौंका नामले प्रसिद्ध रहेको जिल्लामा सबैभन्दा बढी दहिको कारोवार भएको दहि ब्यवसायीहरुले बताएका छन् । भक्तपुरका अधिकांश डेरीमा समेत हिजो विहानदेखि रातीसम्मै दहि खरिद गर्ने ग्राहकको लाईन रहेको थियो भने अन्य देही पसलहरुमा त्यतीकै चाप थियो । पछिल्लो समयमा दहि चिउरा खाने चाप बढ्दा दहीको झनै ब्यापार बढेको सैजु जुजु धौ का सञ्चालक बताउँछन । उनी भन्छन् असार १५ गतेमा लगनको समय जस्तै दहिको ब्यापार हुन्छ ।
उपत्यकामा एक दिनमै पाँच करोड रुपैयाँ मूल्य बराबरको दहीको कारोबार भएको भने अनौठो होईन । विगत बर्षहरुमा पनि यहि रेसिओमा दहि बिक्रि भएको भक्तपुरका डेरी व्यवसायीहरु बताउँछन् । भक्तपुरमा मत्रै नभई ललितपुर र काठमाडौंमा पनि हिजो दहिको कारोवार राम्रै भएको छ ।
असार १५ मा दही र चिउरा खानैपर्ने नेपाली संस्कार रहि आएको कारण पनि हिजो यतिको दहि खपत भएको व्यवसायी बताउँछन् ।
असर १५ अर्थात हिजो सामान्य दिनभन्दा उपत्यकामा झन्डै पाँच गुणाभन्दा बढी दहीको माग थियो भक्तपुरका एक डेरी सञ्चालकले भने ‘माग अनुसारको दहि नै पु¥ याउन सकिएन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *