ओलीलाई निर्वाचन आयोगको पत्र

भक्तपुर न्यूज

१४ असार २०७४ १६:०८

ओलीलाई निर्वाचन आयोगको पत्र

काठमाडौं ४ असार । निर्वाचन आयोगले मौन समयमा पत्रकार स म्मेलन गरेको विषयलाई लिएर नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र काटेको छ । साथै प्रेस चौतारीलाई समेत आयोगले स्पष्टीकरण सोधेको छ ।

मौन समय चलिरहेका बेला चौतारीको आयोजनामा ओलीले सोमबार पार्टी कार्यालयमै पत्रकार सम्मेलन गरेका थिए । आचार संहिता विपरीत पत्रकार सम्मेलन गरेको भन्दै ओलीविरुद्ध उजुरी परेको थियो । आयोगले यसबारे के भएको हो भन्दै ओलीलाई पत्र पठाएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले अनलाइनखबरसँग भने, ‘पूर्वप्रधानमन्त्रीलाई के भएको हो भनेर पत्र पठाइएको छ । प्रेस चौतारीलाई स्पष्टीकरण सोधिएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *