कुन शीर्ष नेताले कहाँबाट मतदान गरे ? तस्विरमा हेर्नुहोस्

भक्तपुर न्यूज

१४ असार २०७४ ७:४१

कुन शीर्ष नेताले कहाँबाट मतदान गरे ? तस्विरमा हेर्नुहोस्

काठमाडौं, १४ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ को असिग्राम मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।

सभामुख ओनसरी घर्तीले रोल्पा नगरपालिका –७ को बालउदय मावि जङ्कोट मतदान केन्द्रबाट मतदान गरेकी छिन् ।

नेकपा माओवादीका नेता एवम उपप्रधानमन्त्री कृष्णबहादुर महराले रोल्पा नगरपालिका – १ को तारा मावि बामरुकबाट मतदान गरेका छन् ।

पूर्व प्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता झलनाथ खनाल सूर्योदय नगरपालिकाको राष्ट्रिय आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन्।

काँग्रेस नेता शेखर कोइरालाले मोरङको विराटनगर आदर्श स्कुल मतदान केन्द्रबाट मतदान गरेका छन् ।

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले वर्दियाको बाँसगढी नगरपालिकाको त्रिभुवन मावि पकौरा मदतान केन्द्रबाट मतदान गरेका छन् ।

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री भीम रावल साँफेबगरको वार्ड नं ६ स्थित चन्द्रोदय आधारभूत प्राबि मतदान केन्द्र मतदान गरेका छन् ।

नेता लालबाबु पण्डितले मोरङको महेन्द्रमोरङ मतदान केन्द्रबाट मतदान गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *