विहान ७ बजेदेखि मतदान प्रक्रिया शुरु

भक्तपुर न्यूज

१४ असार २०७४ १:३०

विहान ७ बजेदेखि मतदान प्रक्रिया शुरु

काठमाडौं, १४ असार । स्थानीय तहको निर्वाचन अन्तर्गत दोस्रो चरणमा बुधबार (आज) हुन लागेको निर्वाचनमा मतदान प्रक्रिया शुरु भएको छ । प्रदेश नम्बर १, ५ र ७ मा क मतदोन प्रक्रिया शुरु भएको निर्वाचन आयोगले जानकारी दिएको छ । बुधबार विहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानको समय तय गरिएको आयोगले बताएको छ ।

बुधबार ३५ जिल्लाका ३३४ स्थानीय तहमा हुने निर्वाचनका लागि चार हजार ५८१ मतदानस्थल र आठ हजार ३६४ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचनको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको छ । निर्वाचनमा एक लाख ६३ हजार ८२३ जना सुरक्षाकर्मी परिचालन भउका छन् ।

३५ जिल्लाका १ महानगरपालिका, ७ उपमहानगरपालिका १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिका बुधबार मतदान हुन लागेको हो । बुधबारको निर्वाचनबाट १५ हजार ३८ पदाधिकारीलाई निर्वाचित हुनेछन् । निर्वाचनमा ६२ हजार ४ सय ८ उम्मेदवार चुनावी मैदानमा छन् । निर्वाचन आयोगकाअनुसार यी तीन प्रदेशमा ६४ लाख ३२ हजार ६५ मतदाता रहेका छन् ।

पहिलो चरणमा प्रदेश नम्बर ३, ४, ६ को स्थानीय तहको निर्वाचन वैशाख ३१ गते सम्पन्न भएको थियो । पहिलो चरणमा सम्पन्न निर्वाचनबाट निर्वाचिन दुई सय ८२ स्थानीय तहका जनप्रतिनिधिहरुले कार्यभार सम्हालिसकेका छन् । आन्दोलनरत राजपाका कारण प्रदेश नम्बर २ को निर्वाचन भने तेस्रो चरणमा असोज २ गते गरिने भएको छ ।
यता वर्षातले आज हुने मतदान प्रभावित हुने देखिएको छ । प्रदेश १, ५ र ७ को चुनाव आज सात बजेदेखि शुरु भएको छ तर विभिन्न जिल्लामा पानी परेकाले मतदान प्रभावित हुने देखिएको छ ।
बुटवल, धनगढी, झापा, धरान, रुकुमलगायतका क्षेत्रमा पानी परेकाले मतदान प्रभावित हुने देखिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *