बिद्यार्थीद्वारा डीन कार्यालयमा धर्ना

भक्तपुर न्यूज

१३ असार २०७४ ११:४७

बिद्यार्थीद्वारा डीन कार्यालयमा धर्ना

काठमाडौं, १३ असार । सम्पूर्ण योग्यता पूरा गरेर पनि चिकित्सा शिक्षा अन्तर्गत विशेषज्ञ तह (पिजी) अध्ययन गर्नबाट बञ्चित भएका त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका विद्यार्थीहरुले मंगलबार चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) डीन कार्यालय अगाडी धर्ना दिएका छन् । धर्ना दिनमा करिब ३० विद्यार्थी रहेका छन् ।

आफ्नो योग्यताका आधारमा भर्ना हुन नपाएका विद्यार्थीहरु र डाक्टर्स सोसाइटी अफ नेपालले संयुक्त रुपमा आज डीन कार्यालय अगाडी दुई घण्टा धर्ना दिएका हुन् ।

उनीहरुले मेरिटको आधारमा भर्ना हुन पाउनु पर्ने माग राख्दै धर्ना दिएका हुन् । धर्नापछि आइओएमका डीन डा. जगदीश अग्रवालसित भेटघाट गरेका विद्यार्थीहरुले आफुले चिकित्सा शास्त्र तर्फको स्नात्तकोत्तर प्रवेश परीक्षामा उत्तीर्ण भई त्रिविद्वारा आयोजना गरेको ओपन हाउस काउन्सिलङ्गबाट छनौटमा पर्दा समेत भर्ना हुन नपाएकोमा गुनासो गरेका थिए ।

उनीहरुले भर्नाका लागि त्रिभुवन विश्वविद्यालयले नै आफूहरुलाई नेपाल मेडिकल कलेज, वीरगञ्ज तथा भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्समा पठाउँदासमेत कलेजले कम नम्बर आएका विद्यार्थीहरुलाई भर्ना गरी आफूहरुलाई भर्ना गर्न अस्वीकार गरेको डीनलाई जानकारी दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *