समता स्कुलको ५१ शाखा मुस्ताङमा

भक्तपुर न्यूज

१३ असार २०७४ ५:०१

समता स्कुलको ५१ शाखा  मुस्ताङमा

मुस्ताङ, १३ असार । समता एजुकेशन फाउन्डेसन ट्रष्ट काठमाडौंले आजबाट मुस्ताङको जोमसोममा आफ्नो ५१ शाखा विस्तार गरेको छ । निम्न आयश्रोत भएका गरिब, दलित र बिपन्न परिवारका बालबालिकालाई सस्तो र गुणस्तरिय शिक्षा प्रदान गर्ने उद्देश्यले मुस्ताङमा पनि समता स्कुल खुलेको हो ।
संस्थाले जोमसोममा नर्सरी, एल के.जी. र यू.के.जी.सम्मको प्रारम्भिक कक्षा संञ्चालन गर्न संस्थाका निर्देशक दिपक सन्जेलले जानकारी दिए ।
उनले यो सुविधा गरिबका छोराछोरीलाई विशुद्ध समाजिक सेवा पुर्‍याउने उद्देश्यले बिस्तार गरिएको बताए । जोमसोममा सञ्ञ्चालन हुने समता स्कुलका लागि संस्थाका केन्द्रीय सदस्य श्रीराम कार्कीले आवश्यक भौतिक सामाग्री उपलब्ध गराउने भएका छन् ।
हाँस्य कलाकार महजोडीको बिशेष सहयोग र परिकल्पना रहेको समता एजुकेशन फाउन्डेसन ट्रष्टले सन् २००१ मा ५० जना बालबालिका समेटेर काठमाडौंको बौद्धबाट यो सेवा सुरूवात गरेको हो । बालबालिकाका लागि अंग्रेजी माध्यमको शिक्षा भन्ने मूलमन्त्रसहित समताले जोमसोम लगायत देशका ५१ जिल्लामा ५३ वटा स्कुल स्थापना गरिसकेको निर्देशक सन्जेलको भनाई छ ।
निकै सर्वसलुभ मानिएको समता संस्थाको शैक्षिक सेवा प्रवाहले बिपन्न वर्गलाई राहत पुर्‍याउने जोमसोमका सरोकारवालाहरु बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *