भारतीय दूतावासमा विप्लव समूहको विरोध प्रदर्शन
काठमाडौं, १२ असार । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दार्जीलिङमा दमन गरिएको भन्दै भारतीय दूताबास अगाडि विरोध प्रदर्शन गरेको छ । नेकपाका नेताहरु धर्मेन्द्र बास्तोलाको नेतृत्वमा जुलुससहित लैनचौर पुगेका थिए । विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपाका स्थायी कमिटी सदस्य बास्तोलाले नेपाली भाषी भएकै कारण दमन भएको र यो मानवअधिकारको घोर उल्लंघन भएको बताए ।
भारतकै अन्य राज्यका जनताले आन्दोलन गर्दा सुनुवाई भएपनि दार्जीलिङमा दमन भएको भन्दै उनले गोर्खाल्याण्डको मागलाई नेपालसँग जोडेर नहेर्न आग्रह गरे । नेकपाले दूताबासमार्फत भारतीय प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइने बताएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२३ वैशाख २०८२ १४:१३