विप्लवलाई चुनाव बिथोल्न नैतिकताले दिँदैनः गृहमन्त्री शर्मा

भक्तपुर न्यूज

१२ असार २०७४ ६:४६

विप्लवलाई चुनाव बिथोल्न नैतिकताले दिँदैनः गृहमन्त्री शर्मा

एजेन्सी, १२ असार । गृहमन्त्री जनार्दन शर्माले विप्लव नेतृत्वको नेकपालाई चुनाव बिथोल्न नैतिकताले नदिने बताएका छन् । रोल्पामा चुनाव लडेको नेकपालाई अन्य जिल्लाको चुनाव बिथोल्न नैतिकताले नदिने मन्त्री शर्माको भनाइ छ ।
आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका शर्माले भने, ‘जनक्रान्तिको भेष्ट लगाएर थवाङ र पाखापानीमा निर्वाचनमा सहभागी भएको तपाईँले पनि सुन्नु भएको होला, कतै सहभागी हुने र कतै बहिस्कारको कुरा गर्नु नैतिकरुपमा मिल्दैन ।’
रोल्पाको थवाङमा विप्लव समूह पनि चुनावमा सहभागी हुनुलाई उनले सकारात्मक भने । अहिले केही छिटपुट घटना भए पनि निर्वाचन शान्तिपूर्ण, निष्पक्ष, भयरहित र धाँधलीरहितरुपमा सम्पन्न हुने मन्त्री शर्माको भनाइ छ ।
उनले राष्ट्रिय जनता पार्टी नेपाल लगायत विप्लवले पनि यो निर्वाचनमा भाग लिएकोले सबै दलहरुले दोस्रो चरणको निर्वाचनमा सहभागिता जनाएको बताए । सबै मिलेर निर्वाचन सम्पन्न गर्नुको विकल्प नरहेको उनले बताए । उनले बम विस्फोट गराएर आतंक सृजना गरेर मतदाताको अधिकार नखोस्न चेतावनी समेत दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *