२३ मन्त्रालय अझै मन्त्रीविहीन

भक्तपुर न्यूज

१२ असार २०७४ १:३०

२३ मन्त्रालय अझै मन्त्रीविहीन

काठमाडौं, १२ असार। दोस्रो चरणको स्थानीय तह निर्वाचन आउन दुई दिन बाँकी रहँदा दुई दर्जन मन्त्रालयहरु मन्त्रीबिहीन अबस्थामा रहेका छन् । निर्वाचनको प्रचार प्रसार अभियान अन्र्तगत २३ मन्त्रालयको जिम्मेवारी लिएका प्रधानमन्त्री शेरबहादुर देउवा एक साताका लागि काठमाडौं बाहिर भएका कारण मन्त्रीमण्डल विस्तार हुन नसक्दा यी मन्त्रालय मन्त्रीबिहीन अबस्थामा पुगेका हुन् । यसले सेवा सुविधाका लागि मन्त्रालयमा आउने सेवाग्राही समस्यामा परेका छन भने मन्त्रालयका दैनिक काम समेत प्रभावित भैरहेका छन् ।

संघीयता कार्यान्वयनका महत्त्वपूर्ण जिम्मेवारी रहेका मन्त्रालयमा समेत मन्त्री नरहँदा गम्भीर समस्या परिरहेको प्रशासकहरुले बताएका छन् । हाल आपूर्ति, उद्योग, ऊर्जा, कृषि विकास, खानेपानी तथा सरसफाइ, जनसंख्या तथा वातावरण मन्त्रालय मन्त्रीविहीन छन् । त्यसैगरी जनसंख्या तथा वातावरण, पशुपंक्षी, भूमिसुधार तथा व्यवस्था, भौतिक पूर्वाधार तथा यातायात, महिला तथा बालबालिका, युवा तथा खेलकुद, रक्षा, वन तथा भूसंरक्षण, वाणिज्य, विज्ञान तथा प्रविधि, शान्ति तथा पुनर्निर्माणलगायतका मन्त्रालयले पनि मन्त्री पाएका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *