कांग्रेसले चुनाव हारे लोकतन्त्र कमजोर हुन्छ : नेत्री कोइराला

भक्तपुर न्यूज

११ असार २०७४ ८:०८

कांग्रेसले चुनाव हारे लोकतन्त्र कमजोर हुन्छ : नेत्री कोइराला

बिराटनगर, ११ असार । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले स्थानीय तह निर्वाचनमा कांग्रेस पराजित भए लोकतन्त्र कमजोर हुने बताएकी छन् ।
बिराटनगरस्थित आफ्नै निवासमा आज सञ्चारकर्मीसँग कुरा गर्दै नेत्री कोइरालले शान्ति, सम्बृद्धि, लोकतन्त्र र प्रजातन्त्रको विकासका लागि कांग्रेसले स्थानीय तहको निर्वाचन जित्नै पर्ने बताइन् ।
उनले भनिन्, ‘कांग्रेसले निर्वाचन हारे लोकतन्त्र कमजोर हुन्छ, संविधान कार्यान्वयन हुन सक्दैन ।’ नेत्री कोइरालाले संविधानको कार्यान्वयन र लोकतन्त्रको सुढृढीकरणका लागि भए पनि कांग्रेस एकढिक्का भएर निर्वाचनमा लाग्नुपर्ने बताइन् ।
उनले स्थानीय निकाय पाँच वर्षका लागि स्थायी रुपको सरकार भएकाले कसैले हल्लाउन नसक्ने भन्दै स्थानीय तहको विकासका लागि नेपाली कांग्रेसका प्रतिनिधीलाई जिताउन कार्यकर्तालाई निर्देशन दिइन् ।
पूर्वउपप्रधानमन्त्री समेत रहेकी नेत्री कोइरालाले तीन तहकै निर्वाचन कांग्रेसको नेतृत्वमा हुने हुँदा अरु निर्वाचनलाई पनि स्थानीय तहको निर्वाचनले असर गर्ने भएकाले स्थानीय तहमा कांग्रेसलाई जिताउनुपर्ने बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *